१४६ रनको लक्ष्यसहित नेपालले सुरु गर्‍यो ब्याटिङ

१४६ रनको लक्ष्यसहित नेपालले सुरु गर्‍यो ब्याटिङ

काठमाडौं एक्सप्रेस

काठमाडौं, । आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालले ब्याटिङ सुरु गरेको छ।

सिङ्गापुरले दिएको १४६ रनको लक्ष्यसहित नेपालले ब्याटिङ सुरु गरेको हो। नेपालका लागि हाल मैदानमा आशिफ शेख र कुशल भुर्तेल मैदानमा छन्। हालसम्मको अवस्थामा नेपालले पहिलो ओभरको खेल सकिँदा १४ रन बनाएको छ।

त्रिवि किक्रेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४५ रन बनायो।

सिङ्गापुरका लागि १ रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यवीर चौधरीले ३७ रन जोड्दा मनप्रित सिंहले २४ रन बनाए। अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन्।

Logo