भारतमा रेल ठोक्किँदा १३ जनाको मृत्यु, ५० घाइते

भारतमा रेल ठोक्किँदा १३ जनाको मृत्यु, ५० घाइते

काठमाडौं एक्सप्रेस

काठमाडौं । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् ।

आइतबार राति विशाखापट्टनम–पलासा र विशाखापट्टनम–रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु भएको थियो ।

Logo