फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भने सदनबाट पारित गरेर देखिउनुसोस : उपाध्यक्ष पौडेल

फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भने सदनबाट पारित गरेर देखिउनुसोस : उपाध्यक्ष पौडेल

काठमाडौं एक्सप्रेस

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताए ।

‘यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भन्ने लाग्छ भने यो सदनमा प्रस्तुत गरेर पारित गरोस् उनले प्रश्न गरे, ‘त्यसको परीक्षण गर्न सरकार तयार छ ? सरकार यो गलत निर्णयबाट पछाडि हटोस् । यदि पछाडि हट्न चाहदैन भने सदनमा ल्याओस् ।’

फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै पौडेलले त्यस दिन उत्सवको दिन हुन नसक्ने जिकिर गरे । ‘त्यो नेपालमा हिंसा आरम्भ भएको दिन थियो । हिंसाको बाटो गलत थियो भनेर साथीहरु शान्ति प्रक्रियामा सहभागी हुनुभएको हो । त्यो स्वीकारोत्तिका साथमा उहाँहरुको यो सदनमा उपस्थिति छ भन्ने म मान्दछु ।’

मुलुक समृद्धिको दिशामा अघि बढिरहेकाले युद्ध दिवश मनाउनु उचित नहुने उनको भनाइ छ ।

Logo