प्रधानमन्त्री दाहाल जाजरकोटमा

प्रधानमन्त्री दाहाल जाजरकोटमा

काठमाडौं एक्सप्रेस

जाजरकोट, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पुगेका छन् । भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री दाहाल आज विहान स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित जाजरकोट गएका हुन् ।

प्रधानमन्त्री दाहालले जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्था बुझ्नका साथै पीडितका आफन्तसँग कुराकानी गरेका छन् । उनका साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत पनि यहाँ हाएका छन् ।

Logo