भुकम्प अपडेट : मृतकको संख्या १३८

भुकम्प अपडेट : मृतकको संख्या १३८

काठमाडौं एक्सप्रेस

काठमाडाैं, । जाजरकोटमा मात्र भुकम्पबाट मर्नेको संख्या १ सय पुगेको छ । शसस्त्र प्रहरीको
ट्र्याक रिपोर्ट अनुसार भूकम्पको केन्द्रविन्दु रहेको जाजरकोट जिल्लामा मात्र मृतकको संख्या १ सय पुगेको हो।

जाजरकोटमा घाइतको संख्या १ सय ५ जना पुगेको छ। रकुम पश्चिमामा अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्। यो सँगै मृतकको संख्या १३८ पुगेको छ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ।

Logo