अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनाइटेड स्कुल प्रथम

अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनाइटेड स्कुल प्रथम

काठमाडौं एक्सप्रेस

ललितपुर- अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनाइटेड स्कुल प्रथम भएको छ ।

महालक्ष्मी नगरपालिकाले आयोजना गरेको आधारभूत विद्यालय स्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनाइटेड स्कुल प्रथम भएको हो । प्रतियोगितमा यूनाइटेड स्कुलका विद्यार्थीले २२५ अंक ल्याएर प्रथम भएका हुन् । प्रथम हुनेमा कल्चर गौतम र रुहानी प्रिया रहेका छन् ।

त्यस्तै दोस्रो वेष्ट विङ्ग स्कुल भएको थियो । सो विद्यालयले २१० अंक ल्याएर दोस्रो स्थान हुन सफल भएको थियो । तेस्रो स्थानमा रहेको भ्याली पब्लिक स्कुलले २ सय अंक ल्याएको थियो ।

चौथो स्थानमा रहेको होपभ्याली स्कुलले एक सय ९० अंक ल्याएको थियो भने ललित एकेडेमी पाँचौं र हाई भ्यू छैटौं भएका थिए ।

कार्यक्रमा नगर प्रमुख हरिगोविन्द्र श्रेष्ठले नगरपालिकाले शिक्षालाई बढी प्राथिमकता दिएको जानकारी दिए । उनले नगरपालिकाले यस वर्ष शिक्षाका लागि राम्रो बजेटको समेत व्यवस्था गरेको बताए । उनले महालक्ष्मीलाई शिक्षाको हब बनाउने आधार तयार भएको समेत उल्लेख गरे ।

नगरपालिकाले गत वर्ष विद्यालयमा लोकदोहोरी प्रतियोगिता समेत गरेको स्मरण गरे ।

प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले सहभागी विद्यार्थीहरुलाई शिक्षामा थप वृत्ति विकास गर्न प्रोत्साहित गरे ।

कार्यक्रमा ४० विद्यालयका ८० जना विद्यार्थी सहभागी भएका नगर शिक्षा प्रमुख चिरञ्जीवी पौडेले जानकारी दिए ।

उहाँका अनुसार प्रथम हुने विद्यालयलाई १० हजार, दोस्रो हुने विद्यालयलाई सात हजार, तेस्रो हुनेलाई पाँच हजार र सान्त्वना अर्थात चौथो हुने स्कूललाई तीन हजार पुरस्कार प्रधान गरिएको थियो । साथै प्रमाण–पत्र, मेडल र ट्रफीसमेत प्रदान गरिएको थियो ।

जिनियस स्कुलमा सञ्चालन गरेकको कार्यक्रमा शिक्षा समितिका संयोजक एवं ७ नम्बर वडाका वडाध्यक्ष बाबुराजा महर्जन, नगरका विभिन्न विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Logo