दुई वर्षपछि नास्टको प्राज्ञ सभा बस्दै

दुई वर्षपछि नास्टको प्राज्ञ सभा बस्दै

काठमाडौं एक्सप्रेस

नेपला विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान नास्टको दुई वर्षपछि प्राज्ञ सभा बस्दैछ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नास्टको ४६औं प्राज्ञ सभा बैठक बस्‍ने लागेको नास्टका सचिव डाक्टर रविन्द्र ढकालले जानकारी दिए ।

प्रधानमन्त्री नास्टको कुलपति रहने व्यवस्था रहेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने उक्त बैठकमा नास्टको प्राज्ञसहित बस्ने बैठकमा नास्टका वार्षिक कार्यक्रम एवं विभिन्न विषयका निर्णयहरू हुने नास्टका सचिव डाक्टर ढकालले बताए ।

यो प्राज्ञसभा करिब २ वर्षपछि बस्न लागेको हो । वर्षमा कम्तिमा एक दिन प्राज्ञ सभा बैठक बस्ने भनिएपनि विभिन्न कारणले बस्न सकेको थिएन ।

Logo