कोशी प्रदेशमा पहिलो पटक आज ‘मुख्यमन्त्रीसँग प्रश्नोत्तर’ हुँदै

कोशी प्रदेशमा पहिलो पटक आज ‘मुख्यमन्त्रीसँग प्रश्नोत्तर’ हुँदै

काठमाडौं एक्सप्रेस

विराटनगर । कोशी प्रदेश सभामा आज पहिलो पटक ‘मुख्यमन्त्रीसँग प्रश्नोत्तर’ हुने भएको छ । प्रदेशसभाका ८ जना सदस्यले मुख्यमन्त्री केदार कार्कीलाई प्रश्न सोध्ने भएका छन् ।

प्रदेश सभाका ८ जना सदस्यले मुख्यमन्त्रीका लागि प्रश्न दर्ता गरेको प्रदेशसभा सचिव गोपाल पराजुलिले बताए ।

प्रदेशसभा नियमावलीमा व्यवस्था भए पनि अहिलेसम्म कार्यान्वयन भएको थिएन ।

मुख्यमन्त्रीले जवाफ दिने क्रममा प्रश्नकर्ताले एक पटक पूरक प्रश्न पनि गर्न पाउनेबारे छलफल भएको सचिव पराजुलीले जानकारी दिए ।

Logo