शुक्रबार एमाले महालक्ष्मीको चियापान

शुक्रबार एमाले महालक्ष्मीको चियापान

काठमाडौं एक्सप्रेस

ललितपुर- नेकपा एमाले महालक्ष्मी नगर कमिटीले चाडवाडका अवसरमा शुक्रबार चियापन कार्यक्रम आयोजना गर्दैछ ।

शुक्रबार दिउँसो १ बजेदेखि लुभु पार्टी प्यालेस लुभुमा बडा दसैं, तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वका अवसरमा चियापान कार्यक्रम आयोजना गरिएको नगर कमिटी अध्यक्ष एवं महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले जानकारी दिए ।

चियापान कार्यक्रम एमाले स्थायी कमिटी सदस्य तथा ललितपुर जिल्ला ईञ्चार्ज शेरबहादुर तामाङ्गलाई प्रमुख अतिथि बनाइएको छ ।

चियापानका लागि विभिन्न राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, समाजसेवी, व्यवसायी, पत्रकार लगायत महालक्ष्मी नगरपालिकाका ६ सयभन्दा बढीलाई निमन्त्रणा दिइएको नगर अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

एमाले नगर कमिटीले विगतमा पनि चियापान कार्यक्रम आयोजना गरे पनि वृहतरुपमा आयोजना गरिएको पहिलो हो ।

Logo