प्रयोग भइसकेको सयपत्री फूलबाट लुटिन निकाल्दै नास्ट

प्रयोग भइसकेको सयपत्री फूलबाट लुटिन निकाल्दै नास्ट

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेपला विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले सयपत्रीको फूलबाट लुटिन निकाल्न थालेको छ । वनस्पतिमा पाइने पहेँलो रंगको तत्व पाचन प्रणाली, रंग, कस्मेटिकलगायत अन्य कार्यहरूमा लुटिनको प्रयोग हुने गर्छ ।

नास्टका वैज्ञानिक डाक्टर साजनलाल सेउलाले हालै नास्टमा ल्याएका कार्बन डाइअक्साइड सुपर फ्लुड एक्सट्रायक्टरको माध्यमबाट सयपत्री फूलबाट लुटिन निकालिरहेका छन् । ५ केजी क्षमताको यो मेसिनबाट लुटिन नामक पहेंलो तत्व निकालिरहेका छन् ।

काठमाडौं एक्सप्रेससँग कुरा गर्दै वैज्ञानिक सेउलाले भने,’अहिले हामी अनुसन्धान गर्नका लागि भनेर यो उपकरण हालै ल्याएका हौं । यसबाट सयपत्री फूलबाट लुटिन नामको रसयानिक तत्व निकालिरहेका छौं । यो ज्यादै नै उपयोगी हुन्छ ।’

वैज्ञानिक सेउलाले सयपत्री फूल प्रयोग गरिसकेपछि नफ्याक्न आग्रह गर्दै नास्टमा ल्याइदिए त्यसबाट लुटिन नामक तत्व निकाल्ने बताए । उनले भने,’हामी सयपत्रीको फूललाई सुकाएर त्यसबाट लुटिन रसायन निकाल्छौं । यसबाट धेरै फाइदाजनक सामग्रीहरू निर्माण गर्न सकिन्छ ।’

उनले सयपत्री फूल प्रयोग गरिसकेपछि नास्टमा ल्याइदिन आग्रह गरेका छन् । वैज्ञानिक सेउलाको अगुवाईमा ल्याइएको यो प्रविधि मार्फत सुन्तला र जुनारको बोक्राबाट तेल उत्पादन पनि गर्न सकिन्छ । खेर जाने तीनको बक्राबाट मात्रै वार्षिक करोडौंको आम्दानी गर्न सकिने उनको भनाइ छ । यस्तै ल्वाङ्, अदुवालगायतका अन्य वस्तुहरूबाट पनि तेल निकाल्न सकिने उनले बताए । टिमुरबाट पनि उनले तेल उत्पादन गरेर प्रयोग गरिसकेका छन् ।

Logo