सभामुखद्वारा नेपाल संवत् ११४४ को शुभकामना

सभामुखद्वारा नेपाल संवत् ११४४ को शुभकामना

काठमाडौं एक्सप्रेस

काठमाडौं– सभामुख देवराज घिमिरेले साँस्कृतिक र ऐतिहासिक महङ्खव बोकेको नेपाल संवत् ११४४ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायूको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपालको मौलिक संवतकोरुपमा रहेको नेपाल संवतले नेपालीहरुबीच सामाजिक एकता, सहिष्णुता तथा आपसी सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्ने विश्वास गर्नुभएको छ ।

“नेपाल संवत् नेपालमा प्रचलित मौलिक राष्ट्रिय संवत् हो । नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः हुन् । उनले नेपालका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवत् थालिएको विश्वास गरिएको छ,” विज्ञप्तीमा भनिएको छ, “आजको दिनमा म नेपाल संवत्का प्रवर्तक शंखधर साख्वालाई २०५६ सालमा राज्यद्वारा “नेपालको राष्ट्रिय विभूति” को सम्मान प्रदान गरिएको स्मरण गर्दछु ।”

नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

सभामुखले नेपाल संवत् कुनै जातिविशेषको मात्र संवत् नभएर सिंगो नेपाल र नेपालीको सम्पत्ति भएको बताउनुभएको छ । “ऐतिहासिक मान्यता रहेको नेपाल संवतलाई संकुचन होइन, फराकिलो पार्दै राज्य र जनस्तरबाट पनि ऐतिहासिक संवतका रूपमा स्थापित गर्न जरुरी छ । हरेक मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्नु राज्य र स्वयं नागरिकको पनि दायित्व हो,” उहाँको भनाइ छ ।

Logo