काठमाडौं, । फिफा विश्वकप २०२६ छनोट खेलमा साविक बिजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन्। दक्षिण अमेरिकी छनोट खेलमा घरेलु मैदानमा आज विहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसंग २– ० गोलले पराजित भएको हो।
उरुग्वेका लागि बार्सिलोनाका डिफेन्डर रोनाल्ड आराउहो र लिभरपुलका डार्विन नुनेजले एक एक गोल गरेका हुन ।
जित पछि उरुग्वे तालिकाको दोस्रो स्थानमा छ। उरुग्वेको पाँच खेलमा ३ जित, १ बराबरी र १ हारसहित १० अंक पुगेको छ। पराजित अर्जेन्टिनाको भने पाँच खेलमा चार जित सहित पहिलो स्थानमा छ।
यस्तै आजै विहान भएको खेलमा ब्राजिल कोलम्बियासंग २ –१ गोलले पराजित भएको छ। ब्राजिलले खेलको चौथो मिनेटमा नै ग्याब्रिएल मार्टीनेलीको गोल बाट अग्रता लिएको थियो। तर खेलको अन्त्यतिर सम्हालिन नसक्दा ब्राजिल पराजित हुन पुग्यो।लिभरपुलका विंगर लुईस डीयाजले खेलको ७५औं र ७९औं मिनेटमा दुई गोल गर्दै खेलमा आफ्नो टोलीको पुनरागमन गराए।
हार पछि ब्राजिल ५ खेलमा २ जित, १ बराबरी र २ हार सहित ७ अंक बटुल्दै पाँचौं स्थानमा छ। कोलम्बिया भने ५ खेलमा २ जित र तीन बराबरी सहित अपराजित रहँदै ९ अंक सहित तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया