पर्यटकको रोजाइमा रुप्से झरना

पर्यटकको रोजाइमा रुप्से झरना

काठमाडौं एक्सप्रेस

म्याग्दी । साथीहरुसँग मुुस्ताङ घुुम्न निस्किएका बेनीका गोपाल पौडेलको दस जनाको समूह बिहीबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमै भुुल्यो ।

बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से झरनाको सुन्दरताले मुुस्ताङ हिँड्नुभएकी बेनीकी कमलकुुमारी पुर्जालाई पनि लोभ्यायो । “अग्लो पहाडबाट खस्ने झरनालाई पृष्ठभूूमि बनाएर तस्बिर, भिडियो नखिची मुुस्ताङ छिर्नै मन लागेन्,” उनले भने, “तह तह को पहाडबाट खसेको झरनाको सुन्दरताले मोहनी लगायो ।”

पौडेल र पुुर्जामात्र होइन, मुस्ताङ भ्रमणमा आउने सबै पर्यटकले रुप्से झरनामा घण्टाँै समय बिताउँछन् । रुप्से झरनामा बिहानदेखि साँझसम्म अवलोकन गर्ने, तस्बिर र भिडियो खिचाउने पर्यटकको भीड लाग्ने गरेको वडासदस्य लालबहादुुर पुुनले बताए ।

जिल्ला ट्राफिक कार्यालयका अनुुसार रुप्से झरनालाई समेटेको बेनी–जोमसोम सडक भएर औसत दैनिक तीन सय गाडी र मोटरसाइकल आवतजावत गर्दछन् । असोज, कात्तिक, चैत र वैशाख महिनामा यो सडक भएर आवतजावत गर्ने पर्यटकको सङ्ख्या दैनिक एक हजार जनाभन्दा बढी हुने गरेको छ ।

मोटरसाइकल, निजी तथा भाडाका जिप चढेर मुस्ताङ आउने–जाने पर्यटक यस झरनामा गाडी रोकेर पनि केहीबेर प्रकृतिमा रमाउँछन् पुग्छन् । झरनाको नजिकै संसारकै गहिरो अन्धगल्छी पनि छ । धौलागिरि र अन्नपूूर्ण हिमालको बीच भएर बग्ने कालीगण्डकीले बनाएको अन्धगल्छीको खोँचलाई विश्वकै गहिरो मानिएको छ ।

तीन वर्षअघिको बाढी र पहिराले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाधार बगाएको थियो । बाढीले क्षति गरेर झरना र अन्धगल्छी वरपरको सुन्दरतामा असर गरे पनि पर्यटक भने घटेका छैनन् । झरनाको नजिकै हालै बेलिब्रिज निर्माण गरिएको छ । पहिरो पन्छाएर सडक फराकिलो बनाएपछि जिप तथा मोटरसाइकल पार्किङ गर्न सहज भएको छ । ठूला गाडीमा आउने पर्यटकलाई अटाउन व्यवस्थित पार्किङको आवश्यकता छ ।

रुप्से झरना र अन्धगल्छी पर्यटकीय महत्वको भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन सकेका छैनन् । व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय, चिया तथा खाजा पसल सञ्चालन गरेर त्यसबाट रोजगारी सिर्जना गर्न र स्थानीय तहको आयस्रोत वृद्धि गर्न सक्ने सम्भावना छ ।

झरना र गल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग, तस्बिर, भिडियो खिच्ने सुुरक्षित ठाउँ बनाउनुुपर्ने काठमाडौँबाट आएकी रविना थापाले बताए ।

विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन । झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा स्थानीयवासीले बोका बलि चढाउने गर्छन् ।

झरनालाई धार्मिक गन्तव्य पनि बनाउन सकिने सम्भावना छ । अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुुमार पुुनले सङ्घीय सरकारबाट चालुु आर्थिक वर्षका लागि प्राप्त रु ८० लाख अनुुदानबाट रुप्से झरना र अन्धगल्छीलाई व्यवस्थित गर्न पूूर्वाधार निर्माण गर्न लागिएको बताए ।,

Logo