संक्रमणकालीन न्यायसम्बन्धि मुद्दामा एमालेको कुनै राजनीतिक स्वार्थ छैन् : प्रदीप ज्ञवाली

संक्रमणकालीन न्यायसम्बन्धि मुद्दामा एमालेको कुनै राजनीतिक स्वार्थ छैन् : प्रदीप ज्ञवाली

काठमाडौं एक्सप्रेस

काठमाडौं, । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धि मुद्दामा आफ्नो पार्टीको कुनै पनि राजनीतिक स्वार्थ नरहेको बताएका छन्।

उपमहासचिव ज्ञवालीले पीडितलाई न्याय दिने गरी सो मुद्दा टुंगोमा पु-याउनुपर्ने पनि स्पष्ट पारे। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेले पीडितलाई न्याय दिने गरी सो मुद्दा छिटो भन्दा छिटो टुंगोमा पु¥याउनु चाहेको बताए। उपमहासचिव ज्ञवालीले मानव अधिकारसम्बन्धि नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिवद्धता, पीडितको सहमती र सर्वोच्च अदालतको आदेशको आधारमा सो मुद्दालाई टुंगो लगाउने काममा ढिलाई गर्न नहुने पनि दोहो¥याए।

उनले भने, ‘दण्डहिनता हुन्न। र, यो द्वन्द्व फेरी दोहोरिन्न भन्ने प्रत्याभुतिसहित यो विषयलाई टुंग्याउनु पर्छ। र, सबभन्दा ठूलो कुरा त पीडितले न्याय पायौं भन्ने अनुभूति हुनु पर्छ। यो संक्रमणकालीन न्याय चाहिएको पीडितलाई हो। मैले अस्ती प्रधानमन्त्रीनै हुनु भएको कार्यक्रममा पनि भने–संक्रमणकालीन न्याय प्रचण्डलाई चाहिएको हो र ? उहाँ त यो विस्तृत शान्ति सम्झौता पछि ३÷३ पटक प्रधानमन्त्री भइसक्नु भयो ।

शेरबहादुर देउवालाई चाहिएको हो र? होइन नि। उहाँ त त्यसयता दुई दुई चोटी प्रधानमन्त्री भइसक्नु भयो। एमाले त द्वन्द्वको पक्ष थिएन। हामीलाई एक छिन नराखौं। चाहिएको संक्रमणकालिन न्याय भनेको तपाईहरुलाई हो। ती वेपत्ताका परिवारलाई चाहिएको हो, जसले हरेक साँझ बाहिर आफन्त आयोकि भनेर चियाएर हेर्नुपर्नै अवस्था छ। र, निराश भएर फर्कनुपर्छ। उहाँहरुलाई चाहिएको हो। न सास छ, न लास छ। मृत्यु भएकाहरुका परिवारलाई संक्रमणकालीन न्याय चाहिएको हो।

त्यसकारण उहाँहरुको पीडालाई ध्यानमा राखेर यो विषयलाई टुंग्याउनु जरुरी छ। यसमा हामी एकदमै लागि रहेका छौं। हाम्रो पार्टीको पूर्ण प्रतिवद्धता छ। यो विषयमा नेकपा एमालेको कुनै राजनीतिक स्वार्थ पनि छैन। यसमा कुनै सर्त पनि छैन। संक्रमणकालीन न्याय टुंगियोस्, तपाईहरुको आँखामा रहेको आँशु पुछियोस्। तपाईहरुमा थोरै भएपनि सुन्तुष्टिको मुस्कान आउनु सकोस्, हामीलाई त्यही चाहिएको हो। हामीलाई प्रधानमन्त्री चाहिएन । तर न्याय चाहियो पीडितलाई । नेकपा एमालेको धारणा यही छ।’

Logo