त्रिभुवन विमानस्थलको प्रवेशद्वारबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना पक्राउ

त्रिभुवन विमानस्थलको प्रवेशद्वारबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना पक्राउ

काठमाडौं एक्सप्रेस

काठमाडौं, । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन प्रवेशद्वारबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेँलो धातु करिब २७२.३७ ग्रामसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–८ घर भएका ३९ वर्षीय रामसुन्दर श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

उक्त ढोकामा जाँच गर्ने क्रममा तीन थान बेरूवा औँठीको रूपमा ल्याएको ५४.९७ ग्राम र भित्रीकपडामा फल्स बटमा बनाई प्लाष्टिकले बेरेर ल्याएको सुन जस्तो देखिने पहेँलो रङ्गको अर्धठोस वस्तु करिब २१७.४० ग्रामसहित उनलाई पक्राउ गरेको हो।

बरामद सुनसहित उनलाई भन्सार कार्यालय सिनामङ्गल बुझाइने छ।

Logo