इन्जिनियरको किबी खेती

इन्जिनियरको किबी खेती

काठमाडौं एक्सप्रेस

काठमाडौं, । पेसाले जलविद्युत्का इन्जिनियर हुन्, बागलुङको बिहुँका खिमानन्द कँडेल। उनले कोरोनाकालमा गाउँ फर्किएर लगाएको किबीले यो वर्षदेखि उत्पादन दिन थाल्यो। चितवन र काठमाडौंको बजारमा पनि उनले उत्पादन गरेको किबी पुगेको छ।

प्रतिकेजी ३०० देखि ५०० रूपैयाँ सम्ममा किबी बिक्री गरेका कँडेलले पहिलो वर्ष किबीबाट एक लाख आम्दानी गरेका छन्। गाउँमा बस्दा फुर्सदिलो भएपछि २०७७ सालमा १२ रोपनी जग्गामा दुई सय २५ किबीका बिरुवा लगाएका उनले पहिलो पटक किबी बजार पठाएको बताए।

बागलुङको काठेखोला गाउँपालिका–५ थामडाँडा निवासी कँडेलले आफ्नो पुर्ख्यौली जग्गामा किबी खेती गरेका हुन्। सुरुमा लगानी र मेहनत दुवै लागे पनि निरन्तर आम्दानी गर्न सकिने किबी खेती लकडाउनमा समय कटाउनका लागि लगाइए पनि अहिले व्यावसायिक बनेको उनको भनाइ थियो।

लकडाउनमा काठमाडौंस्थित इन्जिनियरिङ कन्सल्टेन्सीमा काम नभएपछि लामो समय बागलुङको बिहुँ बसेका कँडेलले लकडाउनको समयलाई भरपुर सदुपयोग गरेको जानकारी दिए।

Logo