डा. धिमाललाई अन्तर्राष्ट्रिय अवार्ड

डा. धिमाललाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं एक्सप्रेस

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । वातावरणीय स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै धिमाललाई इन्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियमले साइन्टिफिक एक्सिलेन्स अवार्ड प्राप्त गरेका हुन् ।

धिमाल वातावरणीय स्वास्थ्यका ज्ञाता एवं अनुसन्धानर्ता पनि हुन् । सयभन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक लेखहरू प्राकसित गरिसकेका उनी नास्टका सहप्राज्ञ समेत छन् ।

धिमालले उक्त अवार्डले आफुलाई हौसला प्रदान गरेको भन्दै वातावरणीय स्वास्थ्यको क्षेत्रमा आफ्नो क्रियाशिलता बढिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैबीच, काठमाडौंमा इन्टिच्युट अफ ट्रपिकल मेडिसिनसँगको सहकार्यमा परिषद्ले जलवायु परिवर्तन र स्वास्थ्य असरसँग सम्बन्धित ३ दिने प्राज्ञिक सम्मेलन सुरू भएको छ । ‘आईटीएम कोलोक्युम काठमाडौं’ नाम उक्त सम्मेलनमा जलवायु परिवर्तनसँग निम्तने रोग र त्यससम्बन्धीको ज्ञान, अनुसन्धान र दृष्टिकोणमा छलफल हुँदै छ । सम्मेलनमा एसिया, युरोप,अमेरिकालगायतका मुलुकहरूका प्राज्ञहरूको उपस्थिती रहेको छ ।

Logo