दुवै समूहको प्रदर्शन ड्रोन र सिसि क्यामेराबाट सुरक्षा निकायको निगरानीमा

दुवै समूहको प्रदर्शन ड्रोन र सिसि क्यामेराबाट सुरक्षा निकायको निगरानीमा

काठमाडौं एक्सप्रेस

काठमाडौं – उपत्यकाको सुरक्षा अवस्था बिहान नौ बजेसम्म सामान्य छ । तर आज बिहान साढे दश बजेबाट हुने भनिएका दुई समूहका प्रदर्शनका कार्यक्रममा अप्रिय घटना हुन नदिन सुरक्षा निकायले आफ्ना सबै संयन्त्रलाई सडकमा परिचालन गरिसकेको छ।

आज (बिहीबार) मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र प्रमुख प्रतिपक्ष दल आबद्ध नेकपा एमाले आबद्ध २३ सङ्गठनहरूले प्रदर्शनका कार्यक्रम राखेका छन् । यी दुई समूहबिच हुनसक्ने सम्भावित घटनालाई नियन्त्रण गरी सुरक्षा दिन सुरक्षा निकायले सडकमा आफ्नो दरो उपस्थिति रहेको जानकारी दिएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द«बहादुर खत्रीले सडकमा स्ट्राइकिङ फोर्स, रिजर्भ टोली, मोबाइल टोली तम्तयार अवस्थामा राखेको जानकारी दिनुभयो ।

‘बिहानको अवस्था सामान्य छ। तर हामीले अधिकतम संख्यामा सुरक्षाकर्मीहरू सडकमा परिचालन गरेका छौँ’, उनले नागरिकन्यूजसँग भने।

एसएसपी खत्रीले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी धेरै संख्यामा परिचालन भएका छन्। राष्ट्रिय अनुसन्धानका प्रतिनिधिहरू पनि छन्। ’ उनले दुवै समूहका प्रदर्शनमा सानो भन्दा सानो घटना हुन नदिने उद्देश्यले त्यही अनुरूपको रणनीति बनाएर सुरक्षाकर्मीहरू सडकमा परिचालन गरिएको जानकारी दिए।

‘स्ट्राइकिङ फोर्स, रिजर्भ फोर्स र मोबाइल टोली ठाउँ ठाउँमा राखिएको छ । कम्तीमा पनि १ सय भन्दा बढी स्थान सुरक्षाकर्मीहरूको सुरक्षा घेरामा छ’, उनले भने। एसएसपी खत्रीका अनुसार दुवै समूहका कार्यक्रमहरू ड्रोनबाट पनि निगरानी हुनेछन्। र , सिसि क्यामेराबाट पनि निगरानी हुनेछन्।

Logo