वास्तविक ऋण पीडितहरूलाई सरकारले सम्बोधन गर्छ : अर्थमन्त्री

वास्तविक ऋण पीडितहरूलाई सरकारले सम्बोधन गर्छ : अर्थमन्त्री

काठमाडौं एक्सप्रेस

काठमाडौं – ऋण लिएकाहरूको ऋणमुक्त गर्नुपर्ने माग चलिरहेको बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर वास्तविक रूपमा पीडित भएकाहरूलाई सरकारले सम्बोधन गर्ने बताएका छन् । ऋण लिएर काम गरेको तर विविध कारणले सफल हुन नसकेकाहरूको पहिचान गरी उनीहरूका लागि सरकारले केही आश्वासन दिएका हुन्।

मध्यपुर थिमि नगरपालिका भक्तपुरले बुधबार मनाएको शंखधर शाख्वा दिवस कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा. महतले ऋण लिने तर त्यसको जथाभावी खर्च गरी काम नगर्नेहरूलाई भने कुनै हालतमा बाँकी नराख्ने बताए।

‘ऋण लिएर वास्तविक पीडितलाई राज्यले हेर्छ,’ कार्यक्रममा उनले भने, ‘त्यसका लागि गृहकार्य पनि थालेका छौं।’ राष्ट बैंक वा अरू नीतिमार्फत कसरी हुन्छ हेरेर सम्बोधन गर्ने उनको भनाइ थियो।

Logo