यवस्था परिवर्तन नहुञ्जेल दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन निरन्तर चल्ने, भोलिबाट तीनकुनेमा प्रदर्शन

यवस्था परिवर्तन नहुञ्जेल दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन निरन्तर चल्ने, भोलिबाट तीनकुनेमा प्रदर्शन

काठमाडौं एक्सप्रेस

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलन अनिश्चितकालसम्म जारी रहने भएको छ । भोलिबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने र आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने प्रसाईंले घोषणा गरिएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले अब ‘श्रीलंका स्टाइलले’ अघि बढ्नेसमेत चेतावनी दिएका छन् ।

उनले भने,‘अब यो प्रदर्शन व्यवस्था परिवर्तन नहुञ्जेल निरन्तर चल्छ । बिहान ११ बजे खाना खाने र तीनकुने जाने । हामी सिंहदरबारमा पनि जान्छौं, निषेधाज्ञाले केही हुनेवाला छैन । मासले जता भन्छ, जुलुस त्यतै जान्छ ।’

प्रसाईंले भोलिबाट जनसहभागिता दोब्बर हुने दाबी गरेका छन् । अब आफू नै देशको प्रतिपक्ष भएको उनले बताए ।

उनले थपे, ‘अब ७७ वटै जिल्लामा जनविद्रोह सुरु हुन्छ । हामी श्रीलंका स्टाइलले जाने प्लानमा छौं । श्रीलंकामा जस्तै नेतालाई जनताले जहाँ भेट्छन्, त्यही मसाज गर्छन् ।’

Logo