एन्फाेकाे कामप्रति नगरप्रमुख श्रेष्ठ प्रभावित

एन्फाेकाे कामप्रति नगरप्रमुख श्रेष्ठ प्रभावित

काठमाडौं एक्सप्रेस

ललितपुर– महालक्ष्मी नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापनमा हासिल गरेको उपलब्धिहरुको सूचना आदानप्रदान तथा छलफल कार्यक्रम गरेको छ ।

नेपालमा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धि मापदण्डको कार्यान्वयन नमुना परियोजना अन्तरगत वातावरण तथा सार्वजनिक स्वास्थ्य संगठन (एन्फो)को सहकार्यमा आज सो कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख हरिगोविन्द श्रेष्ठले एन्फो जस्ता संस्थाहरुले महालक्ष्मी नगरपालिकाको पहिचान बढाउने काम गर्दै आइरहेको बताए । ’नगरपालिकालाई पहिचान दिन जुन ढङ्गले तपाईंहरुले सहयोग गर्नुभएको छ, तपाईंहरुलाई धन्यवाद,’ उनले भने ।

नगर प्रमुख श्रेष्ठले महालक्ष्मी नगरपालिका एन्फोप्रति आभारी रहेको बताए । उनको भनाइ थियो, ’काम गर्नेक्रममा खुट्टा कमाउनु हुँदैन किन भने जुनसुकै काम गर्दा चुनौती हुन्छ । चुनौती लिएर काम गर्ने हो भने त्यो काम सफलतापूर्व सम्पन्न हुन्छ ।’ एन्फोले पनि साहससहित काम गरेको भन्दै प्रशंसा गरे । नगरप्रमुख श्रेष्ठले भने, ’एन्फोले गरेको सहयोगलाई नगरपालिकाले मूल्यांकन गरेको छ ।’

एन्फोले महालक्ष्मीमा सञ्चालन गरेको आयोजना पूरा गरेको अवसरमा कार्यक्रम गरिएको थियो ।

नगर उपप्रमुख लक्ष्मी महर्जनले दिसाजन्य लेदो व्यवस्थापन कार्यक्रमले महालक्ष्मी नगरपालिकालाई एउटा उपत्यका भित्र मात्र नभई देशभर पहिलो नगरपालिकाको रुपमा पहिचान गराएको बताइन् । उनले भनिन्, ’एन्फोहरू जस्ता संघसंस्थाहरुका कारण आज विभिन्न देशहरुमा नगरपालिकाको पहिचान बनेको छ ।

कार्यक्रममा एन्फाेका कार्यकारी निर्देशक भावना शर्माले नगर प्रमुख श्रेष्ठलाइ मायाकाे चिनु प्रदान गरिन् ।

त्यस्तै उहाँकाे अध्यक्षतामा भएकाे साे कार्यत्रफमा वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, नगरपालिकाका शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेल, स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवाली,   कर्मचारीलगायतको सहभागिता थियो ।

Logo