बजेट कटौती गरेको भन्दै एमाले र राप्रपाको विरोध

बजेट कटौती गरेको भन्दै एमाले र राप्रपाको विरोध

काठमाडौं एक्सप्रेस

विराटनगर, – सांसदले राखेका योजनाको बजेट कटौती गरेको भन्दै एमाले र राप्रपाका सांसदले विरोध गरेका छन् । सोमबार प्रदेशसभा बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदले उठेर बजेट कटौतीको विरोध गरेका हुन् ।

एमाले र राप्रपाका सांसदपछि सभामुख इस्राइल मन्सुरीले एमाले संसदीय दलका उपनेता रामबहादुर रानालाई बोल्ने समय दिएका थिए। रानाले सांसदका योजना मुख्यमन्त्रीले कटौती गरेका कारण बजेट पास गर्नुपर्ने बाध्यता नरहेको बताए।

उपनेता रानाले भने, ‘सांसदकै योजना काटिएपछि बजेट पास गर्नुपर्ने बाध्यता के ? बजेट फेल गर्दा के फरक पर्छ ?’ रानाले बजेट फेल भए सरकार नै संकटमा पर्ने स्पष्ट पारे। रानाले भने, ‘बजेट फेल भए सरकार नै संकटमा पर्छ भन्ने हेक्का होस्।’

मुख्यमन्त्री केदार कार्कीले २५ करोडभन्दा कमका योजना कटौटी गर्दा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पनि सोधेको दाबी गरे। ‘२५ करोडमुनिका योजना कटौती गर्दा पूर्व मुख्यमन्त्रीलाई सोधेरै गरेको हुँ’ कार्कीले भने, ‘पूर्व मुख्यमन्त्रीज्यूले मैले सकिन तपाई गर्नुहोस् भनेपछि मैले कटौती गरेको हुँ।’ मुख्यमन्त्री कार्कीले आगामी वर्षदेखि योजना बैंक मार्फत आएका योजना मात्रै छनोट गर्ने परिपार्टीको विकास गर्ने मुख्यमन्त्री कार्कीले स्पष्ट पारे।

Logo