सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं, । मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलनमा भाग लिन युएई जानुअघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

मन्त्रिपरिषद्को बैठक बुधबार बिहान ९ बजे सिंहदरबारमा बोलाइएको र नियमित कार्यसूची रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्ड आजै राति युएई जाँदै छन्।

प्रधानमन्त्री प्रचण्डका सञ्चारविज्ञ मनहरी तिमिल्सिनाका अनुसार प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बेलुका साढे ९ बजेको नेपाल एयरलाइन्सको जहाजबाट युएई प्रस्थान गर्नेछन्।

प्रधानमन्त्री प्रचण्ड त्यहाँ हुने विभिन्न साइडलाइन समारोहमा पनि सहभागी हुनेछन्।

प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख÷सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Logo