स्वर्णिम वाग्ले बने रास्वपाको उपसभापति

स्वर्णिम वाग्ले बने रास्वपाको उपसभापति

काठमाडौं एक्सप्रेस

काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ। महोत्तरीमा जारी बैठकले सांसद वाग्लेलाई उपसभापति बनाएको हो।

वाग्ले उपसभापति बनेसंगै रास्वपामा दुई जना उपसभापति भएका छन्। यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन्। उनी र वाग्लेसहित पार्टीमा अब दुई उपसभापति भएका छन् ।

बैठकले सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ। कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ।

यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन्।

Logo