लमजुङ अस्पताल तनावग्रस्त : प्रदर्शनकारी र प्रहरीबिच झडप

लमजुङ अस्पताल तनावग्रस्त : प्रदर्शनकारी र प्रहरीबिच झडप

काठमाडौं एक्सप्रेस

काठमाडौं, । सुत्केरी र शिशुको मृत्यु घटनापछि लमजुङ अस्पताल तनावग्रस्त बनेको छ । बिहीबार पीडित पक्षले अस्पतालमा तोडफोड सुरु गरेपछि प्रदर्शनकारी र प्रहरीबिच झडपको स्थिति बन्यो।

आक्रामक पीडित पक्षले अस्पतालमा ढुङ्गामुडा गर्ने, टायर बाल्ने, उपचारमा संलग्न चिकित्सकको कारबाहीको माग सहित प्रदर्शन गरेका थिए।

अवस्था तनावग्रस्त बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै ८ सेल अश्रुग्याँस समेत प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए। प्रदर्शनकारी ढुङ्गा प्रहारबाट दुई प्रहरी समेत घाइते भएको उनले जनाए।

‘हाम्रो बल प्रयोग गर्न मनसाय थिएन, उहाँहरू आक्रामक रुपमा प्रस्तुत हुनुभयो, बालेको टायर प्रहरी जवानलाई समेत लाग्यो, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गर्नु परेको हो।’ उनले भने।

Logo