लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : जनचेतनामुलक कार्यक्रम गर्दै महालक्ष्मी

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : जनचेतनामुलक कार्यक्रम गर्दै महालक्ष्मी

काठमाडौं एक्सप्रेस

ललितपुर – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान देशभर चलिरहको छ । संघ, प्रदेश र स्थानीय तहहरुमा विभिन्न कार्यक्रम गरि अभियान मनाइँदै छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको सो अभियान महालक्ष्मी नगरपालिकाले पनि मनाइरहेको छ ।

ूलैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता स् महिला र बालबालिकामा लगानीको एकबद्धताू भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्ध नगरपालिकाले गत मंसिर १० गतेबाट सबै वडामा विभिन्न कार्यक्रम गरिरहेको नगर उपप्रमुख लक्ष्मी महर्जनले जानकारी दिइन् ।

नगरपालिकाले बिहीबार पनि वडा नम्बर ४ मा जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । नगर प्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।

उपप्रमुख महर्जनका अनुसार १० मंसिरमा वडा नं। १ बाट सुरु गरिएको सो कार्यक्रम ११ गते वडा नं। २ मा गरिएको थियो भने १२ गते वडा नं। ३ मा गरिएको थियो । अभियान अवधिमा नगरपालिकाका १० वटै वडामा जनचेतनामुलक कार्यक्रम गरिने उनको भनाइ ५ ।

कार्यक्रममा जनप्रतिनिधिसँगै अधिकारकर्मी, संघसस्थाका प्रतिनिधि तथा सरकारी कर्मचारीहरूको सहभागिता रहने गरेको छ ।

Logo