दुबईबाट स्वदेश फर्किए प्रधानमन्त्री

दुबईबाट स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं एक्सप्रेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा सहभागी हुन १३ मंसिरमा संयुक्त अरब इमिरेट्सको दुबई गएका प्रधानमन्त्री आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

उनले शनिबार कोप–२८ मा सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र बढी जोखिममा रहेको बताएका थिए । उनले नेपाली जनता जलवायु परिवर्तनमा न्यून योगदान भएर पनि बढी समस्या भोग्नुपरेको भन्दै यसको अन्त्य हुनुपर्ने धारणा राखेका थिए ।

Logo