काठमाडौं,– जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।
सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।
नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको छ।
प्रतिक्रिया