सङ्खुवासभा समाज बेलायतको नवौँ अधिबेशन सम्पन्न

सङ्खुवासभा समाज बेलायतको नवौँ अधिबेशन सम्पन्न


लण्डन– विदेशी भुमिमा रहेरपनि आफ्नो भाषा, धर्म र सँस्कृतीलाई सँरक्षण र पर्वद्धन गर्नका लागि सङ्खुवासभा घर भई हाल बेलायत बस्तै आएका नेपालीको एक छातासंगठन हो सँखुवासभा समाज बेलायत ।

सो समाजले आफ्नो ऐतिहासिक रुपमा नबौ अधिबेशन सम्पन्न गरेको छ । करिब डेढ दसक अगाडि सन २००७ सालमा सो संस्था स्थापना गरिएको थियो । करिब दुई हजार देखि २२ सयको हाराहारीमा रहेको सँखुवासभा बासीले सो संस्थाको स्थापना गरेको इतिहास छ ।

सँस्थाका संरक्षण नरबहादुर बलम्पाखीको प्रमुख आतिथ्यता र जेष्ठ नागरिकद्वय हर्कलाल राई र कलामाया राइको विशेष आतिथ्यतामा सो अधिबेशन सम्पन्न गरेको स्रोतले जनाएको छ
डिसेम्बर ३ मा अल्डरसटस्थित सुसि मोटो रेस्टुरेन्टमा संस्थाको अधिबेशन भएको थियो । नबौ अधिबेशनले अध्यक्षसहित १२ सदस्यको नयाँ कार्यसमिति चयन गरेको स्रोतले जनाएको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा हेमकला गुरुङ राना, चयन भएका छन् । नवौ अधिवेशमा तीन सदस्य निर्वाचन मण्डल बनाईएको थियो । निर्वाचन मन्डल उक्त समितिका सदस्यलाई सर्वसम्मत चयन गरेको निर्वाचन मण्डलले जनाएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रकाश राउत चयन भका छन् भने उपाध्यक्षमा टीका ल्होहरुङ, सुन्दर लिँथेप र अमर राई चयन भएका छन् ।
महिला उपाध्यक्षमा कमला गुरुङ चयन भएका छन् महासचिवमा –प्रेम कुमार कोरङी, उप–महासचिवमा दिपकेन्द्र राई, सचिवमा मन कुमारी गुरुङ, कोषाध्यक्षमा एल बि गुरुङ चयन भएका छन् । निर्वाचन मण्डलका अनुसार ब्यबस्थापन संयोजकमा लीला गुरुङ र सदस्यमा मिसेङ हाङ लिम्बु चयन भएका छन् ।

कार्यक्रममा अमृत गुरुङ, कृष्ण कुमारी गुरुङ, सँरक्षक बिजय लिँथेप, सँरक्षक गणेश राना, सँरक्षक बसुन्धरा याख्खा, खगेन्द्र याख्खा, सँस्थापक उपाध्यक्ष प्रकाश राउत, सल्लाहकारद्वय शुशिला राई र टीका लोहोरुङ, सँस्थापक सदस्य कुमार गुरुङ र एरिया प्रमुखद्वय सुन्दर लिँथेप र नर बहादुर तामाङको आतिथ्यता थियो ।

त्यस्ते बरिस्ठ उपाध्यक्ष हेम कला रानाले स्वागत मन्तव्यबात अतिथि सबैलाई स्वागत गरिकि थिईन् । कार्यक्रममा उपाध्यक्ष टेक कुलुङ राईले सेफ्टी सम्बन्धि जानकारी थिए भने कोषाध्यक्ष अमर राईले एक कार्यकालको आयब्याय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महासचिव रमेश राईले सांगठिक प्रतिबेदन पेश गरेका थिए ।

Logo