महालक्ष्मी नगरपालिकामा मनाइयो २० औँ सामुदायिक महिला स्वयंसेविका दिवस

महालक्ष्मी नगरपालिकामा मनाइयो २० औँ सामुदायिक महिला स्वयंसेविका दिवस

काठमाडौं एक्सप्रेस

काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिकामा २० औँ सामुदायिक महिला स्वयंसेविका दिवस मनाइएको छ । ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको संयुक्त प्रयास’ भन्ने नाराका साथ मङ्गलबार कार्यक्रम आयोजना गरिएको थियो ।

नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा नगरपालिकाको वडा नम्बर ८ लुभुस्थित सामुदायिक भवनमा १० वटै स्वास्थ्य चौकीको आयोजनामा सो दिवस मनाइएको जनस्वास्थ्य निरीक्षक भरत बोहराले जानकारी दिए ।

उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको गर्दै नगरपालिकाले कार्यक्रम गरेको हो । कार्यक्रममा ४५ जना महिला स्वास्थ्य स्वयंसेविका र १० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

तकार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवाली र ललितपुर लिल्ला स्वास्थ्यका कुष्ठ रोग अधिकृत गोपाल बजगाईं लगायतको उपस्थिति रहेको थियो ।

Logo