एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा

काठमाडौं एक्सप्रेस

काठमाडौं– एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२३ मा एकदिवसीय क्रिकेट खेल जित्ने टोलीहरूको सूचीमा नेपालले १५ खेल जितेको छ । १५ खेलमा जितसहित नेपाल तेस्रो स्थानमा परेको हो।

यस्तै काउन्सिलका अनुसार भारतले सबैभन्दा धेरै २५ एकदिवसीय खेल जितेको छ। भारत एकदिवसीय खेल जित्नेमा शिर्ष स्थानमा रहेको छ।

श्रीलङ्काले १६ खेलमा जित हात पारेको छ र उ दोस्रो स्थानमा रहेको छ भने दक्षिण अफ्रिका १५ खेलमा जित हात पारेर चौथो स्थानमा रहेको छ।

Logo