गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर, अझै ३/४ दिन अस्पतालमै राखिने

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर, अझै ३/४ दिन अस्पतालमै राखिने

काठमाडौं एक्सप्रेस

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन्। मङ्गलवार मुटुको शल्यक्रिया गरिएको उनको स्वास्थ्य क्रमिक रुपमा सामान्य बन्दै गएको हो ।

मुटुमा समस्या देखिए पछि गृहमन्त्री श्रेष्ठलाई शहिद गङ्गालाल हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको थियो । मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको र हाल उनी सीसीयूमा रहेका छन् ।

गृहमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले मन्त्री श्रेष्ठलाई अझै ३/४ दिन अस्पतालमै राखिने बताए। उनले भने, ‘हाल मन्त्री ज्यूको स्वास्थ्य अवस्था स्थिर छ। क्तमिक रुपमा सामान्य अवस्थामा फर्किदै छ। चिकित्सकको सल्लाह अनुसार अझै ३÷४ दिन अस्पतालमै बस्नुहुन्छ। त्यसपछि मात्रै डिस्चार्ज हुनुहुन्छ।’

यसअघि गत कात्तिकमा चीन भ्रमणमा रहेको बेला पनि उपप्रधानमन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएपछि स्टेन्ट राखिएको थियो।

Logo