भूकम्प पीडित परिवारलाई त्रिपाल सहयोग

भूकम्प पीडित परिवारलाई त्रिपाल सहयोग

काठमाडौं एक्सप्रेस

काठमाडौँ, – नेपाल रेडक्रस सोसाइटीले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडित परिवारलाई तीनहजार ९७० थान त्रिपाल सहयोग गरेको छ । दुई हजार ७८० थान कम्बल, दुई हजार ८०० सय थान म्याट्रेस, सात हजार ४१५ थान डिगनिटी कीट र १३२ थान हाइजीन कीट वितरण गरिएको रेडक्रसले जनाएको छ ।

भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उद्धार, राहत, विस्तृत लेखाजोखाको सर्वेक्षणलगायतका कार्यका लागि रेडक्रसका ३९० स्वयंसेवक परिचालन गरिएको अध्यक्ष सुदर्शनप्रसाद नेपालले जानकारी दिए ।

अध्यक्ष नेपालले भने, “सरकारको सहयोगी निकायको रूपमा भूकम्प प्रभावित समुदायलाई निष्पक्ष, तटस्थ र पारदर्शी रूपमा सेवा पु¥याउन रेडक्रस तत्पर छ । भूकम्प प्रतिकार्य कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक छ ।”

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) का नेपाल प्रमुख अजमद् उल्लाले भूकम्प प्रभावितहरूको सहयोगका लागि महासंघ र यसअन्तर्गतका साझेदार राष्ट्रिय सोसाइटीहरू नेपाल रेडक्रस सोसाइटीको साथमा रहेको बताए । भूकम्प प्रभावित क्षेत्रहरूमा अन्य सहयोगका साथै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग अझ महत्वपूर्ण रहेको उनको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रसले आफ्नो स्रोत र क्षमताअनुसार भूकम्प प्रभावितलाई सक्दो सहयोग पु¥याइएको जानकारी दिदै जीविकोपार्जन, खानेपानी, सरसफाइ र आवास निर्माणका क्षेत्रमा काम गर्ने बताए ।

Logo