महालक्ष्मीमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड

महालक्ष्मीमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड

काठमाडौं एक्सप्रेस

ललितपुर– महालक्ष्मी नगरपालिकामा आइतबारदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

महालक्ष्मी नगरपालिका, ललितपुरको आयोजनामा आइतबारदेखि सुरु भएको राष्ट्रपति रनिङ शिल्डको उदघाटन भव्य समारोहबीच बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठले गरेका थिए । सिद्धिपुरस्थित डनबस्को स्कूलमा भएको उदघाटन समारोहको अध्यक्ष नगर प्रमुख हरिगोविन्द श्रेष्ठले गरेका थिए ।

ओलम्पिक ज्योति बालेर मार्च पास र साँस्कृतिक कार्यक्रम सहित राष्ट्रपति रनिङ शिल्डको उदघाटन गरिएको थियो ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठले स्वस्थ्य बन्न खेलकुदको भूमिका महत्वपूर्ण हुने बताए । उनले महालक्ष्मी नगरपालिकाले प्रतिभा प्रष्फुटन गर्ने अवसर सिर्जना गरेको बताउँदै नगर, जिल्ला हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धी हुने गरी खेल कौशल वृद्धि गर्न अपिल गरे ।

नगर प्रमुख हरिगोविन्द श्रेष्ठले नगरपालिकाले खेलकूदसँगै विद्यार्थीको क्षमता वृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । उनले केही समयपछि अन्य नगरपालिकासमेत सहभागी हुने महालक्ष्मी नगर कप प्रतियोगिताको तयारीमा जुट्न विद्यार्थी खेलाडीहरुलाई आग्रह गरे ।

नगर उपप्रमुख लक्ष्मी महर्जनले जित्नका लागि मात्र होइन, स्वास्थ्यका दृष्टिकोणले पनि महत्वपूर्ण रहेको बताइन् । उनले शारिरीक विकासका लागि पनि खेलको महत्व रहेको बताइन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चिरञ्जीवी पौडेलले प्रतियोगितामा चार वटा विधामा ४० विद्यालयका १४५० खेलाडी विद्यार्थी सहभागी भएको जानकारी दिए । उनले प्रतियोगिताले खेलकुदको विकास र समृद्धिका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिता महालक्ष्मी नगरपालिकाका डनबस्को विद्यालय, माउण्टओलिभ, पवन प्रकृति र नमूना विद्यालयमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स ९दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट०, मार्सल आर्ट ९कराँते, तेक्वान्दो, उसु० मा छात्र र छात्रातर्फका खेलमा खेलाडी विद्यार्थी सहभागी हुने पौडेलले जानकारी दिए ।

यसैबीच राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबारे जानकारी दिन आइतबार बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । इमाडोलस्थित अशोक स्तुपाबाट सुरु भएको प्रभातफेरी महालक्ष्मी मन्दिर लुभुसम्म पुगेर सकिएको थियो ।

Logo