अब समृद्ध मुलुक बनाउन एमालेको एकल बहुमतको सरकार आवश्यक : ओली

अब समृद्ध मुलुक बनाउन एमालेको एकल बहुमतको सरकार आवश्यक : ओली

काठमाडौं एक्सप्रेस

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्राअन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्न सक्ने भन्दै अब दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास भएको र कमजोर बनाउने षडयन्त्र भएपनि लोकप्रिय पार्टी बन्न सफल भएको उल्लेख गरे ।

एमाले सरकारले गरेका कामबाट तर्सेर विभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाइएको उनको दाबी छ ।

‘एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरु कुनै वैकल्पिक शक्ति नरहेको स्पष्ट भयो । एमालेले नाकाबन्दीको सामनादेखि उत्तर दक्षिण सडकलगायतका विकासमा काम गरेको सबैलाई थाहै छ’, ओलीले भने ।

Logo