नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको निवेदनमाथि सुनुवाइ आज

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको निवेदनमाथि सुनुवाइ आज

काठमाडौं एक्सप्रेस

काठमाडौं – नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि आज सुनुवाइ हुँदैछ।

उनले दिएको निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुने भएको हो।

यसअघि अरुका हकमा राय मिलेको भए पनि खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा उनको निवेदन पेस हुन लागेको हो।

कुन न्यायाधीशको इजलासमा सुनुवाइ हुन्छ भन्ने कुरा अहिले नै टुंगो लागिसकेको छैन। आज कार्यालय समय सुरु भएपछि गोला प्रक्रियाबाट मात्रै इजलास टुंगो लगाइने बताइएको छ।

आज सुनुवाइ गर्नेले यसअघिका दुई मध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुनेछ।

Logo