प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, निर्णय पुस ४ मा

प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, निर्णय पुस ४ मा

काठमाडौं एक्सप्रेस

काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस छ जनाको संसदीय सुनुवाइ सकिएको छ ।

शुक्रबारबाट सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको सुरु भएको सुनुवाइ सोमबार सकिएको हो ।

अब उनीहरुको नाम अनुमोदनका लागि पुस ४ गते बस्ने सुनुवाइ समितिको बैठकले निर्णय गर्नेछ।

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सुवेदी, मुसलमान, पौडेल, ढुंगाना, पोखरेल र ढकालको नाम सिफारिस गरेको थियो।

Logo