इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्यो

इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्यो

काठमाडौं एक्सप्रेस

काठमाडौं, – इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २० हजार नाघेको छ। गत ७ अक्टुबकरमा हमासले इजराइलमाथि आक्रमण सुरु गरेसँगै इजराइलले पनि जवाफी कारबाही स्वरुप आक्रमण तीव्र गतिमा गर्दै आएको छ।

बीबीसीका अनुसार इजरायलले हमासलाई लक्षित गरी गरिरहेको आक्रमणमा परी हालसम्म २० हजारभन्दा धेरै प्यालेस्टिनी नागरिकको मारिएका छन्। जसमा सबैभन्दा धेरै बालबालिका र महिला रहेका छन्।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सङ्घर्षविरामी सुरु भएको एक हप्ता बाहेक प्रत्येक दिन कम्तिमा ३ सय मानिसको मृत्यु हुँदै आएको छ। तर, गाजाका चिकित्सकहरूका अनुसार मृत्यु हुनेको सङ्ख्या हालको भन्दा बढी हुन सक्ने बताउँदै आएका छन्।

हालसम्म युद्धमा ८ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी महिलाको मृत्यु भएको छ। युद्धमा परी हालसम्म ५२ हजारभन्दा बढी घाइते भएका छन् भने ६ हजारभन्दा बढी बेपत्ता रहेका छन्।

आक्रमणमा परी ३१० स्वास्थ्यकर्मी, ३५ नागरिक सुरक्षाकर्मी र ९७ जना पत्रकार पनि मारिएका छन्।

यसैबीच, आफ्ना बन्धकलाई रिहा गर्ने विषयमा इजराइल सहमत भएपछि पुनः युद्धविराको तयारी सुरु भएको छ।

Logo