आज सत्य निरूपण तथा मेलमिलाप विधेयकमा छलफल हुने

आज सत्य निरूपण तथा मेलमिलाप विधेयकमा छलफल हुने

काठमाडौं एक्सप्रेस

wg’iff, % k’;M k|yd k|b]z ;Dd]ngdf ;efklt b]pjf g]kfnL sf+u|];;efklt tyf k”j{k|wfgdGqL z]/ axfb’/ b]pjf g]sf dw]; k|b]zsf] k|yd k|b]z ;Dd]ngdf ;xefuL x’Fb} . tl:a/M chos’df/ ;fx÷/f;;

काठमाडौं, – आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । यीमध्ये कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकमा छलफल हुने जनाइएको छ।

जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुनेछ।

यसैगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुनेछ।

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे विज्ञहरूसँग छलफल हुनेछ।

Logo