इलाका प्रहरी कार्यालयको हिरासतमा एक जनाको मृत्यु

इलाका प्रहरी कार्यालयको हिरासतमा एक जनाको मृत्यु

काठमाडौं एक्सप्रेस

wg’iff, % k’;M k|yd k|b]z ;Dd]ngdf ;efklt b]pjf g]kfnL sf+u|];;efklt tyf k”j{k|wfgdGqL z]/ axfb’/ b]pjf g]sf dw]; k|b]zsf] k|yd k|b]z ;Dd]ngdf ;xefuL x’Fb} . tl:a/M chos’df/ ;fx÷/f;;

जनकपुरधाम, – धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो ।

प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको बताए ।

त्यस क्रममा गोली लागेर एकजना घाइते भएका छन् । स्थानीय शंकर मण्डल घाइते भएका हुन् । उनको एउटा हातमा गोली लागेको हंसपुरका कार्यपालिका सदस्य राजेश सक्सेनाले जानकारी दिए घटनाको विस्तृत विवरण आउन बाँकि छ ।

Logo