युनिराइड अटो महालक्ष्मीस्थानमा टीभीएस रोनिन र आईक्युब सार्वजनिक

युनिराइड अटो महालक्ष्मीस्थानमा टीभीएस रोनिन र आईक्युब सार्वजनिक

काठमाडौं एक्सप्रेस

ललितपुर/युनिराइड अटो टिभिएस शोरुम महालक्ष्मीस्थानमा टीभीएसको नयाँ बाइक र स्कुटर सार्वजनिक भएको छ ।

शुक्रबार शोरुममा आयोजित एक कार्यक्रमबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले रोनिन २२५ सिसी बाइक र विद्युतीय स्कुटर आइक्युब सार्वजनिक गरेका हुन् ।

रोनिन बाइक एफआइ इन्जिन, ड्युअल च्यानल एबिएस, स्मार्ट कनेक्टले सुसञ्जित छ । प्रतिलिटर ४५ देखि ५० किमी माइलेज दिने कम्प्नीको दावी छ । १४ लिटरको फ्युल ट्यांक छ ।

त्यस्तै विद्युतीय स्कुटर आइक्युबमा ४४०० वाट क्षमताको ब्लेडडिसी मोटर जडान गरिएको छ । सिंगल चार्जमा सय किमी गुड्न सक्ने र ३ घन्टामा फुल चार्ज गर्न सकिने युनिराइड अटोका प्रवन्ध निर्देशक निर्मल सिग्देलले जानकारी दिए ।

जियो–फेन्सिङ, लाइभ लोकेसन स्टाटस, क्यु–पार्क एसिस्ट, डकुमेन्ट स्टोरेज, फास्ट चार्जिक लगायतका विशेषताका कारण स्कुटर नेपाली बजारमा छिट्टै लोकप्रिय हुने कम्पनीको दावी छ ।

Logo