वर्तमान सरकारबाट विकासको सपना देख्न सकिँदैन : ओली

वर्तमान सरकारबाट विकासको सपना देख्न सकिँदैन : ओली

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट विकासको सपना देख्न नसकिने बताएका छन्।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगत्तै आइतबार सञ्चारकर्मीसँग संवाद कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन्। अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीबाट, कुशासनको चक्रव्यूह, भ्रष्टाचार र कमिशनतन्त्रलाई निरन्तरता दिन नसकिने पनि जिकिर गरे। मुलुकमा सुशासन दिने शासक चाहिने उनको भनाइ थियो।

‘वास्तवमा यही सरकारबाट, यही कार्यशैलीबाट, यही तारिकाबाट, यही कुशासनको चक्रव्यूह भित्र, यही भ्रष्टाचार र कमिसनतन्त्रका बीचमा विकासको सपना देख्न सकिँदैन। र हामीले गरिरहेको संकल्प भनेको यसै शासनको निरन्तरता सधैँ हुन्छ भन्ने होइन। सुशासन चाहिन्छ। सुशासन दिने शासक चाहिन्छ। त्यसपछि वास्तवमा खास देशको विकास हुन्छ।’

अध्यक्ष ओलीले राष्ट्र र जनताको हितमा पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने कुरा पनि जनताको बीचमा संकल्प गरेको बताए।

Logo