गाजामाथि इजराइलको हवाई आक्रमण, ७० जनाको मृत्यु

गाजामाथि इजराइलको हवाई आक्रमण, ७० जनाको मृत्यु

काठमाडौं एक्सप्रेस

काठमाडौं, – इजराइलले गाजामाथि गरेको आक्रमणमा परी २४ घन्टामा ७० जनाको मृत्यु भएको छ । क्रिसमसको अवसरमा आइतवार इजराइली सेनाले गाजामाथि गरेको हवाई आक्रमणमा परी बालबालिका र महिलासहित ७० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्यालेस्टाइनका स्थानीय सञ्चार माध्यमका अनुसार इजराइलले गरेको यो आक्रमण हालसम्मकै ठूलो मानिएको छ। आइतवार मध्यरातबाट सुरु भएको आक्रमण आज बिहानसम्म पनि जारी थियो।

समाचार संस्था रोयटर्सका अनुसार इजराइलले शरणार्थी शिविरलाई लक्षित गरेर आक्रमण गरेको हो।

गाजामा इजराइली आक्रमणमा परी हालसम्म २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

Logo