वन्यजन्तु अनुसन्धानकर्मी दीपेन्द्र अधिकारीको निधन

वन्यजन्तु अनुसन्धानकर्मी दीपेन्द्र अधिकारीको निधन

काठमाडौं एक्सप्रेस

वन्यजन्तु अनुसन्धानर्मी दीपेन्द्र अधिकारीको ३८ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि अचानक शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका अधिकारीको सोमबार बिहान ८ बजे निधन भएको हो । अधिकारीको चितवनको देवघाटमा सोमबार नै अन्तिम संस्कार गरिएको छ ।

नेपाल जुलोजिकल सोसाइटी र सोइसाटी फर कन्जर्भेसन बायोलोजी नेपाल च्याप्टरका सदस्य रहेका अधिकारी जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल कार्यालयको फिल्ड बायोलोजिस्टको रूपमा काम गरेका थिए । सन् २०१५मा उनले रुफोर्ड फाउन्डेसनबाट हाइना(हुँडार)को अनुसन्धानका लागि अवार्ड पाएका थिए ।

पछिल्लो समय उनी ठूला मांसाहारी जीवहरूको अध्ययन अनुसन्धानमा सक्रिए थिए । सन् २०२४ मा अमेरिकाको टार्लेटन स्टेट युनिभर्सिटीमा विद्यावारिधी अध्ययन गर्ने सम्पूर्ण तयारी पूरा भएर जाने तयारीमा थिए । उनी ठूला मांसाहारी जीवमा विद्यावारिधी गर्न लागेका थिए ।

उनलाई नजिकबाट चिन्ने संरक्षणकर्मी एवं सोसाइटी फर कन्जर्भेसन बायोलोजी नेपाल च्याप्टरका महासचिव अम्बिकाप्रसाद खतिवडा भन्छन्,’दीपेन्द्र एक कुशल अनुसन्धानकर्मी थिए । मिलनसार स्वभावका उनी दोस्रो अन्तर्राष्ट्रिय वन कुकुर सम्मेलनमा सक्रिय सहभागी थिए ।’ महासचिव खतिवडाले वन्यजन्तु संरक्षणमा ठूलो भूमिका खेल्न सक्ने एक कुशल संरक्षणकर्मी गुमाउँदा अपूरणीय क्षति भएको बताउँदै आफू स्तब्ध भएको बताए ।

Logo