राष्ट्रपति पौडेलबाट बागलुङ कालिकामा पूजाआराधना

राष्ट्रपति पौडेलबाट बागलुङ कालिकामा पूजाआराधना

काठमाडौं एक्सप्रेस

बागलुङ, – राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि आज यहाँ आउनुभएका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधना गरेका हुन् ।

मन्दिरका मूल पूजारी जयबहादुर खड्काको उपस्थितिमा राष्ट्रपति पौडेलले करिब २० मिनेट पूजा आराधना गर्नुभएको थियो । सो अवसरमा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले राष्ट्रपति पौडेललाई सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान बागलुङ बजार आइपुग्नु भएको हो । उहाँलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए ।

Logo