राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयन गर्न एसको बैठक बस्दै

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयन गर्न एसको बैठक बस्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ । बैठक बिहान ११ बजे बस्ने छ ।

पछिल्लो २ दिनदेखि जारी बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नेलगायत विषयमा भइरहेको छलफलबारे आज अन्तिम निर्णय हुन सक्ने एक नेताले बताए।

गत बुधवारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा ४० केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन्। आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने छ। सबैले धारणा राखिसकेपछि बैठक सम्पन्न गर्ने तयारी रहेको ती नेताले बताए।

Logo