सर्वपक्षीय सरकार बनाउन एमालेसँग छ्लफल जारी

सर्वपक्षीय सरकार बनाउन एमालेसँग छ्लफल जारी

काठमाडौं एक्सप्रेस

काठमाडौं,– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार विस्तारको लागि नेकपा एमालेसँग छ्लफल जारी रहेको बताए । उनले आफू सर्वपक्षीय सरकारको पक्षमा रहेको सुनाए ।

हेटौंडामा पत्रकारसँग मुख्यमन्त्री कार्कीले एमालेसहितको दलहरूसँग छलफल जारी रहेकाले अहिलेसम्म सरकारले पूर्णता नपाएको बताए । आफू मुख्यमन्त्री भएपछि सहमतिको प्रयास जारी राखेको बताउँदै उनले कोशीको विषेश परिवेशमा सर्वदलीय सरकार आवश्यक रहेको बताएका छन् ।

संघीय संसद सुतेको टिप्पणी गर्दै कार्कीले भने, संविधानले दिएको विषयलाई वास्ता नगर्ने तर पपुलर हुने नाउमा उत्पट्याङ प्रस्ताव ल्याउने काम वर्तमान प्रतिनिधिसभामा भैरहेको छ, डिसेन्टरलाइजलाई उनीहरूले पचाइरहेका छैन, यो विषयमा सात प्रदेशको मुख्यमन्त्रीको भेलामा जोडदार कुरा उठ्छ।झ

प्रधानमन्त्री र मन्त्रीको रिपोर्टकार्ड माग्ने संघीय संसदले आफ्नो रिपोर्ट कार्ड चैँ पेश गर्नु पर्दैन ? भन्दै उनले प्रश्न गरे ।

Logo