बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवकको मुत्यु, गृहले बनायो छानबिन समिति

बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवकको मुत्यु, गृहले बनायो छानबिन समिति

काठमाडौं एक्सप्रेस

काठमाडौं, – कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा दुई जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र वीरेन्द्र शाहको मृत्यु भएको हो ।

सुजन किस्ट अस्पतालमा उपचारका क्रममा १२ः४० तिर मत्यु भएको स्वास्थ्यकर्मिहरुलो मृत घोषणा गरेका थिए ।

त्यस्तै पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले बताए ।

किस्ट अस्पतालमा मृत्यु भएका सुजन राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन । बरु छातीमा दाग देखिएको छ ।

घटनाबारे छानबिन समिति बनायो गृह

दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने केही पक्राउ परेका छन् ।

Logo