सन्दीप विरुद्धको मुद्दा : गौशाला २६ ले २ मिनेट बोलेपछि बहस टुंगियो, केहिँ समयमै फैसला आउने

सन्दीप विरुद्धको मुद्दा : गौशाला २६ ले २ मिनेट बोलेपछि बहस टुंगियो, केहिँ समयमै फैसला आउने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा दुवै तर्फको बहस सकिएको छ । प्रतिवादीतर्फको बहसपछि आज वादी पक्षबाट जवाफी बहस पनि पूरा भएको हो ।

स्रोतका अनुसार जवाफी बहसमा पिडितको तर्फबाट एक, सरकारी वकिल एक र निजी वकिल एकजनालाई बोल्न न्यायाधीसले अनुमति दिएका थिए । तर, ६ जनाले वकिलले जवाफी बहसमा भाग लिएको स्रोतले बतायो ।

जवाफी बहस सकिएपछि जाहेरीकर्ता गौशाला २६ ले पनि बोल्न समय मागिन् । न्यायाधीस शिशिरराज ढकालले उनलाई आफ्नो कुरा राख्न अनुमति दिए । उनले करिब २ मिनेट बोलेपछि बहस टुंग्याइएको स्रोतले जानकारी दिएको छ ।

बहस सकिएपछि न्यायाधीस फैसलाको तयारीमा जुटेका छन् ।

Logo