पर्यटन क्षेत्रमा कुरा बढी र काम कम

पर्यटन क्षेत्रमा कुरा बढी र काम कम

काठमाडौं एक्सप्रेस

काठमाडौँ, १५ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आइतबार काठमाडौँमा नेपाल पर्यटन बोर्डको २५अ‍ौँ वार्षिकोत्सब समारोहमा मन्तव्य राख्नुहुँदै । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौं,– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको बताएका छन्।

नेपाल पर्यटन बोर्डले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालीपनको पर्यटन क्षेत्रको विकासमा आफू लागि परेपनि सोचेअनुसार अघि बढ्न नसकेको बताए। उनले नेपालको पर्यटन नेपालीपनको हुुनुपर्नेमा आफूले जोड दिएको दोहो¥याए।

मन्त्री किराँतीले पर्यटन क्षेत्रमा नेपालीपन झल्काउनका लागि आफूले सांस्कृतिक गाउँ निर्माणको कुरा गरेपनि त्यसलाई मातहतका निकायले बुझ्न नसकेको बताए। उनले नेपालको स्थानीय पर्व र स्वादलाई ब्रान्डिङ गरेर पनि नेपालमा पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सकिने बताए।

मन्त्री किरातीले भने, ‘मैले सुरुमा मन्त्री हुँदा भनेको थिए–नेपालको पर्यटन नेपालीपनको हुनुपर्छ। कस्तो हो नेपालीपनको भन्दा नेपालको प्रकृति भव्य छ। संस्कृति उस्तै भव्य छ । संस्कृति र प्रकृतिको समायोजनबाट निर्माण हुने पर्यटन नेपाली पर्यटन हुनेछ। र, त्यो स्थानीय स्वाद र स्वामित्वसहितको हुनेछ। अब हामीले काठमाडौंमा मात्र विकास गरेर मान्छे नबस्ने भयो। अब गाउँमा नयाँ पर्यटकीय गन्तव्यहरु हामीले विकास गर्नुपर्नेछ ।

त्यही कारण हामीले पुरानो गाउँ खोजीको कुरा ग-यौं गन्तव्य बनाउनका लागि। हामीले सम्पदा गाउँ निर्माणको कुरा ग¥यौं। साँस्कृतिक गाउँ निर्माणको कुरा ग¥यौं। अब अलिअलि त शुरु भएको छ। बढी कुरा, कम काम छ। अव यहाँका जात्रा महोत्सवहरु ठूलोठूलो गर्नु पाए कुनै देशमा गोरु जुधाएको हेर्न जानका लागि एक वर्षदेखि टिकट बुकिङ गराएको हुन्छ। हामीले त्यस्तो त कति हे¥यौ, हे¥यौं।’

Logo